होटल ब्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाललाई पितृशोक
दमक/ होटल ब्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष एवं दमकका सामाजिक अगुवा राजन दंगाललाई पितृशोक परेको छ । झापाको कमल ७ मा रहदै आएका ८५ बर्षीय बुबा चन्द्रमणि दंगालको मंगलवार (आज विहान) निधन भएको हो ।
मृतक चन्द्रमणि दंगाल कमल गाँउपालिकाका पुराना ब्यवसायी नै थिए । यस क्षेत्रमा पहिलो चिउरा मिल उनलै सञ्चालन गरेका थिए । मृतक दंगालको आज नै कन्काई नदिनमा अन्तेष्टि भएको बताईएको छ ।
