२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ धर्मानन्द भट्टराई झापा दमक र कमलका लागि मात्र नभएर यस क्षेत्रमा नयाँ नाम होइन । राजनीतिकर्मीमात्र नभएर एउटा कुशल सहकारीकर्मीको रुपमा समेत उनको परिचय रहेको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं ५ का सचिव तथा आसन्न १४ औं अधिवेशनमा सो पदका प्रत्यासी बनेकाछन् ।

पार्टीमा वडाकमिटी हुँदै पार्टी राजनीतिमा आएकाहुन् । उनले वडादेखि बिभिन्न तहमा आफ्नो भूमिका निर्वाह गरेका कारण उनि पार्टी बृतमा परिचित नै रहेकाछन् । स्वार्थभन्दा माथि उठेर पार्टीलाई पार्टीजस्तो बनाउने आफ्नो उदेश्य रहेको उनि बताउछन् ।

स्थानीय, प्रदेश र संघीय निर्वाचन समेत नजिकिदै गएको अवस्थामा पार्टीको आन्तरिक निर्वाचन भएकाले काँग्रेसले यहाँ पहिलो शक्ति बनाउनका लागि आफ्नो भूमिका रहने उनले जनाए । ईमान्दारितापुर्वक म भूमिका निर्वाह गर्नेछु, उनले भने ।

कसैले पनि पदका लागि मात्र राजनीति होइन संगठन र पार्टीका लागि राजनीति गर्नुपर्ने धारणा राख्दै आएका उनी पद प्राप्तीको स्वार्थ राखेर पार्टीमा गुट सिर्जना गर्न खोज्दाको परिणाम स्थायी नहुने पनि बताउँछन । पार्टीमा इतिहासको मुल्याङकन र नव आगन्तुकको व्यवस्थापन दुवै हुनुपर्छ नभए पार्टी कमजोर हुन्छ– भट्टराई भन्छन ।

आफनो कार्यकालमा पार्टीले कसैलाई पनि विभेद नगरेको, योगदान र सक्रियताका आधारमा सबैलाई उचित स्थान दिएर अघि बढेको र भौगोलिक रुपमा परेको अन्यायलाई भने आत्मसाथ गरेर अघि बढने भट्टराईको धारणा छ । आफूले निरन्तर पार्टी संगठनमा रहेर गरेको योगदानको पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले अन्तर ह्दयदेखिनै गर्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन ।