राष्ट्रपति बिद्यादेबी भण्डारी दमक आँउदै
दमक/ स्थानीय सरकारले साहित्य,कला, सँस्कृति र विज्ञान प्रविधिको विकास गर्न गठित दमक प्रज्ञा प्रतिष्ठानले गर्न लागेकोवृहत साहित्यिक कार्यक्रमका साथै पुरुस्कार बितरण कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारी सहभागि हुने जनाईएको छ ।
राष्ट्रपति भण्डारीको प्रमुख आथित्यमा आगामी पौष २४ गते प्रतिष्ठानको स्थापना दिवशको अवसरमा बिभिन्न पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले बताउनु भयो ।
दमक प्रज्ञा प्रतिष्ठानले विशष्टि प्रतिभा, सँस्कृति, मातृभाषा साहित्य, कलासाधाना, विज्ञान प्रविधि र बाल प्रतिभा पुरस्कार वितरण गर्ने यसभन्दा अघि नै सार्वजनिक गरिसकेको छ । सोहि अवसरमा दमक प्रज्ञा प्रतिष्ठानले पुस्तकालय समेत उद्घाटन गर्नेछ ।

