ग्लोबल आइएमई बैंकले दमकमा गर्यो डिजिटल बैंकिङ्ग र वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम
दमक/ ग्लोबल आइएमई बैंकले झापा दमक र आसपासका आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग र वित्तीय साक्षरता सचेतना कार्यक्रम दमकमा सम्पन्न गरेको छ । उद्योगी, व्यवसायी, विभिन्न पेशामा आवद्ध बैंकका ग्राहकलाई बैंकले समायनुकल घरमा नै बसिबसि कारोबार गर्नका लागि सक्षम बनाउने अभियान अन्र्तगत दमक शाखाको संयोजनमा कार्यक्रम भएको ग्लोबल बैकका दमक शाखाका प्रबन्धक प्रवेस लम्सालले बताए ।
ग्राहकलाई घरमै बसेर सुरक्षित र प्रभावकारी रुपमा डिजिटल बैंकिङ्ग सेवाको उच्चतम प्रयोग गराउने उदेश्यले बित्तिय साक्षरता कक्षा संचालन गरिएको ग्लोबल आइएमई बैंक दमकका छत्र अधिकारी (ध्रुव) ले बताए ।

वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग कक्षा मार्फत मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड, क्रेडिट कार्ड, मर्चेन्ट सेवा, वालेट सेवा, क्युआर सेवाको सुरक्षित र प्रभावकारी उपयोगका बिषयमा जानकारी दिईएको थियो ।
ग्लोवल बैंकको केन्द्रिय कार्यालयबाट आएकी सेन्टरल अप्रेशन म्यानेजर कमलाकुमारी ओझाले बैंकको बर्तमान अवस्था र ग्लोबल बैंकले ग्राहक एवं उपभोक्ताहरुको लागि ल्याएका कार्यक्रमहरुको बिषयमा जानकारी दिएकी थिइन् ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा दुई सय ८७ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ । हाल बैंकको ग्राहक संख्या २७ लाख बढी रहेको समेत बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ्ग (मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग, QR Code, डेबिट/क्रेडिट कार्ड, POS) बारेमा बेनर्जन ढुंगानाले जानकारी गराएका थिए ।

