२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक ६ स्थित मुख्य बजार र चहलपहल भइरहने दमकको घिमिरे मार्केट भित्र बुधबार बेलुका भएको हत्याको घटनाले अहिले दमकमा निक्कै त्रास पैदा गरेको छ । स्थानीय एक पसलमा काम गर्ने २५ बर्षिय युवा तेजप्रकाश पराजुलीको बिभित्स तरिकाले हत्या भएको २४ घण्टा कट्दा समेत अहिलेसम्म हत्याराको बिषयमा कुनै अत्तोपत्तो छैन ।

प्रहरीले हत्याको बिषयमा गम्भिर अनुसन्धान गरिरहेको जनाएको छ । हत्यारा छिटो पत्ता लगाई छाड्ने प्रतिबद्धता जनाएकोछ । तर मृतकका आफन्तजनलाई हत्यारा र हत्याको कारण आफुहरुलाई थाहा नहुने हो की भन्ने चिन्ता रहेको पाईएको छ । उनिहरुले शव बुझेर काजक्रिया समेत गरेका छैनन् ।

दमक उद्योग बाणिज्य संघ, नेकपा एमाले, नेपाली काँग्रेस लगायतका राजनीतिक दल र बिभिन्न बिद्यार्थी संगठन एवं स्वतस्फूर्त रुपमा समेत घटनाको बिषयमा सत्यतथ्य चाँडो ल्याउनका लागि प्रहरीलाई दबाब दिन थालिएको छ । ज्ञापनपत्र बुझाएर र प्रहरीलाई भेटेर समेत ध्यानकर्षण गराई रहेको पाईएको छ ।

नमुना मार्गसंग जोडिएको घिमिरे मार्केट जहाँ राती १० बजेसम्म नै चहलपहल हुने ठाँउ हो । यहाँ साँझ पर्नसाथ भएको हत्याले स्थानीय ब्यापारीहरु समेत डराएकाछन् । आवतजावत भइरहेको ब्यस्त ठाँउमा कसरी आक्रमण गरेर भागेहोला ?, स्थानीय एक ब्यापारीले भने ।