२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकको ब्यस्त घिमिरे मार्केटमा भएको हत्यामा संलग्लाई प्रहरीले सार्वजनिक गरेको छ । रिसईबी र झगडाका कारणले गर्दा दमक २ का प्रकाश पराजुलीको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको बताईएको छ ।

हत्यामा दमककै दमक १ का २० बर्षिय अर्जुन लिम्ब लाई प्रहरीले पक्राउ गरेको छ । झगडाको बिषय युवती भएको पनि बताईन्छ । बुधबार साँझ ७ बजे पराजुलीको बिभित्स तवरले धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो । घिमिरे मार्केटको एक कुनामा धारिलो हतियार प्रयोग भएको थियो ।

गम्भिर घाईते अवस्थामा उपचारको क्रममा सोहि दिन मृत्यु भएपछि प्रहरीले घटनामा संलग्नहरुलाई खोजि गर्दै आएको थियो । हत्या भएको २ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

यस्तो छ घटनाबारे प्रहरीको प्रेस नोट-