२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेकपा माओबादी केन्द्रको प्रदेश १ मा पदाधिकारी बन्न माओबादी नेताहरुको दौडधुप चलिरहेको छ । प्रदेश समितिका सदस्यहरु चुनिएपनि पदाधिकारी भने चुन्न बाँकी रहेको अवस्थामा पदाधिकारीमा पर्नका लागि नेताहरु लागि परेकाछन् ।

माओबादी केन्द्रमा स्थानीय स्तरमा लोकप्रीय र चर्चित रहेका गगन पुरी सह सचिवको दाबेदारी गर्दै आएकाछन् । उनले आफ्ना नजिककाहरुसंग र सामाजिक सञ्जालमार्फत आफु सह सचिवको उम्मेद्वार रहेको घोषणा गरेका थिए ।

पार्टीको संगठन सुदृढीकरण र प्रदेशमा पार्टीलाई शक्तिशाली बनाउनका लागि आफ्नो पदाधिकारीमा दाबी रहेको पनि पुरीले बताउदै आएकाछन् । उनले कार्यकर्ताहरु भावाना अनुसार नै आफु अघि बढेको समेत उनले जनाए । यसभन्दा अघि उनि प्रदेश सदस्यमा सर्वसम्मत निर्वाचित भइसकेकाछन् ।