२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु निर्वाचित भएकी छिन । कांग्रेसको १४ औं महाधिवेशनबाट उनको राजनीतिक यात्राले पार्टीको केन्द्रीय समितिमा प्रवेश गरेको हो । झापाको दमक निवासी सांसद लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा थिइन ।

सोमबार राती सकिएको सो कोटा तर्फको मतगणनाको अन्तिम परिणाम उनको पक्षमा आएको बताइएको छ । निकटतम प्रतिस्पर्धीसंग ५ सय भन्दा बढी मतान्तरले विजयी भएकी नेतृ लिम्बुले कूल २२७४ मत प्राप्त गर्न सफल भएकी जनाइएको छ । उनीसंगको प्रतिस्पर्धामा ताप्लेजुङकी लिला बोखिम र झापाकै गोमा भट्टराई रहेका थिए ।