२०८३ असार ११, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा आफ्नो पार्टीको प्रभाव बढाउनका लागि प्रमुख राजनीतिक दलहरु स्थानीय स्तरको अर्का दलका नेता कार्यकर्ताहरु खोसाखोस गरेर पार्टीमा भित्र्याउने अभियानमा लागेकाछन् । तीनवटै तहको निर्वाचन नजिक आएसंगै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफुलाई बलियो सावित गराउन लागि परेकाछन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनसम्म दमक र आफ्नो निर्वाचन क्षेत्रमा पार्टी प्रवेस गराउने अभियानमा तीन दिन दमकमा रहे भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि दमक आए । माओबादी केन्द्र पनि भित्रि रुपमा अन्य पार्टीका नेता कार्यकर्ता भित्र्याउने अभियान भित्रभित्रै चलाईरहेको छ ।

पार्टी प्रवेस गर्नेहरु सर्वसाधरणहरुमा खास केहि पदको लोभ नभएपनि स्थानीय स्तरका नेताहरु पनि पदका बार्गेनिङ सहित पार्टी प्रवेस गर्ने गरेको बताईन्छ । बिभिन्न राजनीतिक दलमा रहेर आफ्नो पहिचान बनाएका स्थानीय नेताहरु सुरक्षित राजनीतिक जिवन खोज्दै पार्टी प्रवेस गरेको पाईन्छ ।

कुनै पार्टीमा नरहेका र नयाँ अनुहारहरु पार्टी प्रवेसमा धेरै देखिन्छ । अन्य पार्टीका नेताहरुलाई पार्टी प्रवेस गराईरहदा सोहि पार्टीमा रहेका स्थानीय नेताहरु भने आफ्नो भूमिका र अवसरमा कमी आउन सक्ने भन्दै चिन्तित भएको पनि देखिन्छ ।

लामो समय जागिर खाएर जागिरबाट रिटायर्ड भएका र राजधानी केन्द्रित पार्टी गतिविधि गरेकाहरु पनि भूगोलप्रति आकर्षित देखिन्छन् । जनताका पीरमार्का बुझ्ने र त्यसलाई हल गर्ने भन्दा पनि आफु सुरिक्षत कसरी हुने भन्ने चिन्ता पनि धेरै स्थानीय नेताहरुमा देखिने गरेको पाईन्छ ।

विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी परिबर्तन हुन्छ भने तेसलाई राजनीति भनिन्छ । यो परिवर्तनको आभाष जनताले गरेकाछन् या छैनन् त्यसको लेखाजोखा खास रुपमा हुन सकेको छैन । राजनीति लाभका लागि गरिन्छ भन्ने अवस्था छ ।

राजनीति होस या राजनीतिक दलहरुका गतिविधिहरु त्यो सिमित घेरामा नै रहेको देखिन्छ । अझै पनि बिपन्न समुदाय तथा बिहानबेलुका मुख जोर्न समस्या भएकाहरुलाई सुरिक्षत बासस्थान र न्यूनतम आधारभूत आवश्यकता परिपुर्ति गर्ने चिन्ता छ । यसतर्फ भने न स्थानीय नेता कार्यकर्ताको ध्यान छ न त राजनीतिक दलहरु नै यस बिषयमा स्पष्ट बोल्न र गर्न सक्छन् । यसै कारणपनि राजनीतिक दल र नेताहरुप्रति बितृष्णा पैदा हुने अवस्था समेत देखिन्छ ।