२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा मोटरसाईकल दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मंगलवार राती साढे १० बजे दुर्घटना हुँदा एउटै मोटरसाईकलमा रहेका तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक २ भाङबारीमा प्र१–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा दुर्घटना भएको र तीन जनाको नै घटनास्थलमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी नबराज कार्कीले बताए ।

दमकमा सुन पसलमा काम गर्ने मजदुरहरु मोटरसाइकलचालक खोटाङ चिसापानी ४ का २३ बर्षिय अनिल वि.क, चितवन राप्ती ४ का १९ बर्षिय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ बर्षिय अनिल लामगादेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।