माघ १५ गतेसम्म दमकका सबै बिद्यालय बन्द गर्न परिपत्र
दमक/ झापाको दमकका सामुदायिक तथा नीजि बिद्यालयहरु बन्द गर्नका लागि दमक नगरपालिकाले परिपत्र गरेको छ । सरकारको निर्णय अनुसार स्थानीय स्तरमा पनि परिपत्र गरिएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताएकाछन् ।
बैकल्पिक माध्यमबाट सिकाई कार्य गर्न र भौतिक उपस्थितिमा बिद्यालय सञ्चालन नगर्नका लागि परिपत्र गरिएको पनि तिम्सिनाले बताएकाछन् । स्थानीय सरकारको परिपत्र नआएपछि यहाँका बिद्यालयहरु सञ्चालनमा रहेका थिए ।

