२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि आवश्यक कार्य गर्नका लागि दमक नगरपालिकाले चासो नदिएको भन्ने आरोप सरासर झुटको खेती भएको दमक नगर प्रमुख रोमनाथ ओलीले बताएकाछन् ।

उनले बिभिन्न चरणमा भुमि सम्बन्धिको समस्या सामधानका लागि नगरपालिकाले र नगरपालिकाको पहलमा बिभिन्न कामहरु भएको बताउदै सुकुम्बासी तथा भुमिहिनको बिषयलाई लिएर छुद्र राजनीति नगर्न पनि आग्रह गरेकाछन् ।

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गा दिलाउन हामीले कुनै पनि कसर राखेका छैनौ, ओलीले भने । स्थानीय स्तरमा पनि आयोग बनाएर निवेदन लिने र कम्यूटरमा रेकर्ड राख्ने काम दमकमा भएको छ, ओलीले भने ।

दमक नगरपालिकाले मंगलवार काठमण्डौमा आयोगसंग समस्या सामधानका लागि आवश्यक कार्य थप अघि बढाउन सम्झौता गरेको छ । राष्ट्रिय भूमि आयोग अध्यक्ष केशव निरौला र दमक नगरपालिकाका प्रमुख ओलीबीच आयोगको कार्यालयमा सम्झौता भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिएकाछन् ।

दमकमा पाँचदलीय गठबन्धनले आयोगले बोलाउदा समेत दमक नगरपालिका आयोगमा नगएर समस्याप्रति गम्भिर नभएको आरोप लगाउदै आएका थिए । उनिहरुले दमक नगरपालिकालाई ध्यानकर्षण समेत गराएका थिए ।