२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ सरकारी दमक अस्पतालका एकदर्जन भन्दा बढि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण जाँच गर्दा यस्तो भेटिएको अस्पतालकी सूचना अधिकारी देबी दंगालले बताएकीछन् ।

ल्यावमा कार्यरत स्वास्थ्यकर्मीदेखि लिएर अस्पतालका सिनियर चिकित्सकहरुलाई समेत कोरोना संक्रमण देखिएकाले अस्पतालको सेवा नै प्रभावित बन्ने देखिएको उनको भनाई छ । अधिकाँश चिकित्सक तथा स्वास्थयकर्मीहरुले कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखा परेको जनाएको पनि बताईएको छ ।

दंगालले सामाजिक सञ्जाल फेसबुकमा पनि यस बिषयमा लेखेकीछन्- अस्पतालमा धेरै जस्तो चिकित्सक तथा स्वास्थ्यकर्मीहरु काेराेना संक्रमित हुनुभएकाे छ ।अस्पताल चलाउनै गार्हो भइ सक्याे यस्ताे बेलामा इमर्जेन्सी बाहेक अन्य बिरामीहरु नआइदिन अपिल गर्दछु ।भएका केही कर्मचारीहरु पनि संक्रमित हुनु भयाे भने इमर्जेन्सी सेवानै बन्द हुने छ त्यसैले कृपया अनुराेध गरे है ।