झापामा नगरपालिकाको गाडिले ठक्कर दिँदा एकको ज्यान गयो
दमक/ झापाको मेचीनगर नगरपालिकाको गाडिले ठक्कर दिँदा एक ब्याक्तिको मृत्यु भएको छ । । बुधवार साँझ ७ बजे मेचीनगर- ७ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत टोकला चिया बगानको गेट अगाडी पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले विपरीत दिसाबाट जाँदै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर- ७ बस्ने ३५ वर्षीय सन्तोष राजवंशी घाइते भएका थिए । घाइतेलाई सोही गाडीमा प्रहरी कर्मचारीसहित उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएकोमा साँझ ७.३० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतकको शव तत्काल सोही अस्पतालमा नै रहेको , दुर्घटना गराउने मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र सोही गाडीका चालक मेचीनगर ७ आयाबारी बस्ने ४८ वर्षीय राजकुमार प्रधान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

