२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापामा सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा रहेको जनगणनाको नतिजाले देखाएको छ । बुधबार तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा देखिएको हो ।

मेचीनगरको जनसंख्या १ लाख ३१ हजार ५२० रहेको छ । त्यसपछि बिर्तामोड नगरपालिकाको जनसंख्या १ लाख १७ हजार ३५५ र तेस्रो स्थानमा रहेको दमकको जनसंख्या १ लाख ७ हजार ४१० रहेको छ । जिल्लामा सबैभन्दा कम हल्दिबारी गाउँपालिकाको जनसंख्या ३३ हजार ५४ रहेको छ ।