२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकभित्रका अधिकाँशलाई कोरोना विरुद्धको खोप पुगेको जनाईएको छ । उमेर समुह अनुसार बालबालिकाहरु बाहेक सबैलाई खोप पुगेको हाम्रो अनुमान छ, दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले भने ।

छुटपुट कोहि भएको भए तत्काल खोप लगाउन सकिने र त्यसका लागि सबै वडा कार्यालयहरुलाई लगत संकलन गर्न पनि भनिएको उनको भनाई रहेको छ । पहिलो डोज खोप नलगाउने अब विरलै रहनु भएको छ भन्ने हाम्रो ठहर छ, भट्टराईले भने ।

अहिले पनि वडा कार्यालयहरुको संयोजनमा आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप हान्ने कार्य भइरहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसै साताबाट सरकारले तोकेको उमेर समुहभित्र पर्ने बिद्यार्थीहरुलाई पनि खोप कार्यक्रम शुरु हुँदैछ ।