२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/  पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोध र स्थानीय तहको निर्वाचन समयमै गराउन खबरदारी गर्दै प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियु युवा संगठनले झापाभर आफ्नो विरोधका कार्यक्रमहरुलाई शशक्त बनाउदै लगेको छ ।

बुधबार बिर्तामोडमा र बिहिबार दमकको गणतन्त्र चोकमा विरोध प्रदर्शनसहित कोण सभा सम्पन्न गरेको छ । तत्काल मुल्य बृद्धि फिर्ता लिन र जनहित विपरितका कामहरु बन्द गर्न विरोध गरिएको राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सदस्य जमुना निरौलाले बताईन् ।

विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपाल पूर्व केन्द्रीय सचिव सुनिता कार्की, युवा संघका झापा जिल्ला अध्यक्ष सागर पोर्तेल, नेकपा एमाले दमक नगर कमिटी उपाध्यक्ष दिपेश दाहाल र अनेरास्वबियु जिल्ला अध्यक्ष रोशन लामा लगायतले सरकारको रबैया ठिक नभएको बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि , अस्वभाविक महंगी , राज्यको जिम्मेवार तहमा रहेकाको असंवैधानिक अभिव्यक्ति, निर्वाचन नगर्ने चलखेल लगायतका अराजक गतिविधिकाे विरुद्ध राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ कमिटि र अनेरास्ववियु कमल गाउँ कमिटी काे आयोजनामा शनिवार केर्खामा कार्यक्रम रहेको पनि बताईएकोछ ।