दमकको द एभरेष्ट सहकारी सेवा केन्द्र विस्तारमा अग्रसर बन्दै, उर्लाबारीमा ५ औ सदस्य सेवा केन्द्र
दमक/ झापा दमकस्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ॠण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र विस्तारको क्रममा मोरंगको उर्लाबारीमा पनि सेवा केन्द्र सञ्चालन शुरु गरेकोछ ।
उर्लाबारी नगरपालिका ७ ईटहरारोडमा पाँचौ सदस्य सेवा केन्द्रको शुक्रबार उद्घाटन गरिएको सहकारीका अध्यक्ष दीपक खरेलले बताएकाछन् । सदस्यहरुको सेवाका लागि सेवा केन्द्र आवश्यक रहेको महसुस गरेर सेवा केन्द्र शुरु गरिएको समेत उनको भनाई रहेको छ ।
विशेष गरेर पुर्व मुख्य शहरी केन्द्रहरुमा सहकारीले आफ्ना सेवा केन्द्रहरु शुरु गरेको बताईन्छ । सहकारीका ब्यवस्थापक नवराज वास्तोलाका अनुसार सहकारीले यसभन्दा अघि सुरुगा, बिर्तामोड लगायतका ठाँउहरुमा सेवा केन्द्र सञ्चालनमा रहेकाछन् ।
उर्लावारी क्षेत्रका आफना शेयर सदस्यहरुको सुविधाका लागि संस्थाले पाँचौ सेवा केन्द्रका रुपमा उर्लावारी सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको सचिव ज्ञाननाथ पौडेल (ज्ञानु ) ले जानकारी दिए । उर्लावारी ७ कोमा स्थापना गरिएको सदस्य सेवा केन्द्र कार्यालयको शुक्रवार उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरवहादुर भण्डारीले उद्घाटन गरेकाहुन् ।
२४८० महिला र ३२०५ पुरुष गरि ५ हजार ६ सय ८५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी रु ७ करोड १६ लाख ४५ हजार पुगेको छ । त्यस्तै वासलात ७६ करोड ८८ लाख ८२ हजार ५ सय १३, निक्षेप ६२ करोड ६० लाख ६८ हजार ७ सय ७५ र कर्जा लगानी रु ६८ करोड ९३ लाख ५३ हजार ४ सय ३८ रुपैया रहेको संस्थाद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

