स्थानीय तहको निर्वाचन बहस १-दमकमा मेयरको दाबेदारीमा सम्भावित को-को ?
विष्णुप्रसाद पोखरेल
दमक/ आँउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन हुनसक्ने बताइरहदा झापाको दमकमा सम्भावित नगर प्रमुखहरुको दाबेदारी र आन्तरिक बहसहरु शुरु हुन थालेको छ । लामो समय जनप्रतिनिधि विहिन भएको स्थानीय तहमा साढे ४ बर्ष अघि निर्वाचन भएको थियो ।
अहिले स्थानीय तह सरकारको रुपमा रहेको छ । यसले गर्दा पनि यसमा आकर्षण देखिन्छ । स्थानीय बजेटको परिचालनदेखि लिएर आफै नियम कानून बनाउनेसम्मको अधिकार रहने स्थानीय सरकारको ५ बर्षको अवधि सिक्दैमा र बिभिन्न नियम कानून बनाउदैमा गएकाले अब आउनेलाई काम गर्न पनि त्यहि असहज नहुने देखिन्छ ।
नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेद्वारमामा विशेष गरेर वर्तमान उपप्रमुख गीता अधिकारीको नाम सबैभन्दा बढि चर्चामा रहेको छ । अघिल्लो पटक नगर प्रमुख आंकाक्षि रहेका अम्बिका खनालको नाम पनि जोडतोडले उठेको छ । अघिल्लो पटक पनि नाम चर्चामा रहेका होमबहादुर थापाको नाम पनि चर्चामा आएको छ । प्रशासकीय देखि राजनीतिक सम्म राम्रो जनसम्पर्क रहेको भन्दै ईन्द्र भण्डारीको नाम पनि सम्भावित नगर प्रमुखको दाबेदारीमा रहेको देखिन्छ ।
नेपाली काँग्रेसबाट पनि दाबेदारहरुको नाममा बहस शुरु भएको छ । प्रकाश प्रशाईको नाम सबैभन्दा बढिमा चर्चामा रहेकोछ । अघिल्लो पटक निर्वाचनमा पराजय भोगेका ढुण्डिराज भण्डारीको नाम पनि बहसमा रहेको पाईएको छ । एक काँग्रेस नेताका अनुसार भण्डारीले मन गरेमा फेरी पनि उनि उम्मेद्वार हुन् । पर्शु रिजाल, घनेन्द्रराज योङ्या, गणेश अधिकारीको नाम पनि सम्भावित नगर प्रमुखको उम्मेद्वारको रुपमा रहेको छ ।
यसैगरी माओबादी केन्द्रबाट पनि सम्भावित नगर प्रमुखको उम्मेद्वारहरु सम्बन्धि बहस शुरु भएको छ । अघिल्लो पटक उम्मेद्वार रहेका गगन पुरीको नाम नै सबैभन्दा बढि चर्चा स्थानीय स्तरमा रहेको पाईन्छ । यसपछि श्री कान्त, विरेन्द्र बस्नेत, बेदु गौतम, कर्मा पुलामी लगायतको नाम सम्भावित नगर प्रमुखको उम्मेद्वारको रुपमा चर्चामा रहेको छ ।
सधै चर्चामा राम थापा
यसैगरी राप्रपाका नेता एवं अघिल्लो पटक प्रमुखको उम्मेद्वार रहेर प्रत्याशि बनेका राम थापाको नाम फेरी पनि नगर प्रमुखको उम्मेद्वारको रुपमा चर्चामा रहेको छ । उनि पार्टीको प्रदेश अध्यक्ष भइसकेकाले अब भीम पौड्याललाई अघि सार्ने सम्भावाना रहेको पनि बताईएको छ । दूई पटक वडाध्यक्ष भइसकेका पौड्यालको नाम पनि चर्चामा रहेकोछ ।
अन्य साना राजनीतिक दलहरु तथा संघीय सरकारमा गठबन्धन बनाएका पार्टीले नगर प्रमुखमा साझा उम्मेद्वार बनाउन सक्ने पनि बताईन्छ । गठबन्धन कायम रहेको अवस्थामा यसलाई नकार्न नमिल्ने गठबन्धनका स्थानीय नेताहरुले बताएकाछन् । एमाले र राप्रपाबीच गठबन्धन गरेर जान सक्ने पनि स्थानीयस्तरमा आंकलन हुन थालेको छ ।

