स्थानीय तहको निर्वाचन बहस २-अब को बस्ला दमकको मेयरको कुर्सिमा ?
दमक/ सरकारले स्थानीय तहको निर्वाचनको लागि मिति तय गरेसंगै अब नगर प्रमुख, उपप्रमुख तथा वडा सदस्य एवं जनप्रतिनिधिको लागि बहस शुरु भएकोछ । प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र माओबादी केन्द्र लगायत साना राजनीतिक दलहरुले पनि अबको उम्मेद्वारको बिषयमा भित्रि बहस शुरु गरेकाछन् ।
अधिकाँश जनप्रतिनिधिहरु दोर्याउने शुरुमा रहेको पनि पाईएको छ । दमकमा दूई वडाध्यक्ष बाहेक सबैमा नेकपा एमालेका जनप्रतिधिहरु रहेकाछन् । दमक १ र दमक ७ मा भने राप्रपाबाट निर्वाचित वडाध्यक्षहरु रहेकाछन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दोर्याउने वा नदोर्याउने मुख खोलेका छैनन् । दूई पटक जिम्मेवारी सम्हालेका ओलीले अब उम्मेद्वारी नदिने नै प्रवल सम्भावाना रहेको बताईन्छ । उपप्रमुख गीता अधिकारीले नगर प्रमुखका लागि आफ्नो बलियो दाबेदारी पेस गर्ने बताईदै आएको छ ।
नेकपा एमालेबाट मेयरका दाबेदारहरु
गीता अधिकारी
अम्बिका खनाल
होमबहादुर थापा
ईन्द्र भण्डारी
अघिल्लो निर्वाचनमा दमकमा एउटा पनि जनप्रतिनिधि बनाउन नसकेको नेपाली काँग्रेस यो पटक भने आफ्नो बलियो उपस्थिति जनाउने तरखरमा रहेको छ । नेपाली काँग्रेसबाट पनि आधा दर्जनभन्दा बढिको नगर प्रमुखमा नाम चर्चामा रहेको छ ।
काँग्रेसका सम्भावित नगर प्रमुखका दाबेदारहरु
शेरबहादुर भट्टराई
प्रकाश प्रशाई
पर्शु रिजाल
घनेन्द्रराज योङ्या
गणेश अधिकारी
माओवादी केन्द्र पनि अहिले स्थानीय तहको निर्वाचनको माहोल बनाउन लागि परेको पाईएको छ । उसले स्थानीय तहलाई ब्यवस्थित बनाउनका लागि ईन्चार्ज तथा सह ईन्चार्ज तोकिसकेको छ । अघिल्लो पटक दमकमा कसैलाई जिताउन नसकेको माओबादी केन्द्रले यो पटक जित्ने गरी लाग्ने बताउदै आएको छ ।
माओबादी केन्द्रका सम्भावित नगर प्रमुखका दाबेदारहरु
गगन पुरी
श्री कान्त
रमेश गुरागाँई
बेदु गौतम
विरेन्द्र बस्नेत
कर्मा पुलामी
दमकमा राप्रपाबाट नगर प्रमुखमा राम थापा र भिम पौड्यालको नाम चर्चामा रहेको छ । साना अन्य राजनीतिक दलहरुले पनि साझा उम्मेद्वार खडा गर्न सक्नेछन् । आगामि बैशाख ३० गतेलाई सरकारले स्थानीय तहको निर्वाचन मिति तोकिसकेको छ ।

