२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकमा आफ्नो मुख्य आउटलेट रहेको र काठमण्डौ समेत पहिचान बनाएको संगम स्विट्सले काठमण्डौको कमल पोखरीमा आफ्नै भवन सहितको ब्यवसायिक यात्रा शुरु गरेको छ । शुक्रबार सामान्य रुपमा बैदिक परम्परा अनुसार आफ्नै भवनबाट संगम स्वीट्सले आफ्नो नयाँ यात्रा शुरु गरेको हो । यसभन्दा अघि भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो ।

दमकका पुराना सामाजिक तथा ब्यवसायिक ब्याक्ति संगम शर्माले शुरु गरेको संगम स्विट्स मिठाई पारखिहरुका लागि एउटा मुख्य होटलको रुपमा पहिचान बनाएको होटल हो । दूई दशक अघि सामान्य होटल तथा मिठाई पसलको रुपमा शुरु गरेको संगम स्विट्स आज नेपालमा नै पहिचान बनाएको छ भने संगम शर्माको पनि फरक पहिचान बनेको छ ।

झापाको दमक, बिर्तामोड र काठमण्डौमा पहिचान स्थापित गरिसकेको छ । शुद्धतासंगै ग्राहकको सन्तुष्टि मेरो प्रमुख ध्यय हो, शर्मा भन्छन् । आफुलाई यहाँसम्म पुर्याउन र सगम स्विट्सका पहिचान बनाउनका पछाडि उपभोक्ता एवं ग्राहकको माया नै भएको शर्मा बताउछन् ।

यो ब्यवसायमा ढुक्कै परिवारका सदस्यहरु नै सक्रिय रहेकाछन् । काठमण्डौमा शर्मा आफैले सबै ब्यवस्थापन हेर्छन् भने दमकमा भाई बिमल शर्मा र बिर्तामोडमा दिलिप शर्माले संगम स्विट्सको पहिचानलाई फराकिलो बनाउदैछन् ।

संगम शर्मा
संगम शर्मा