२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ स्थानीय तहको निर्वाचनको मिति तोकिएसंगै अब नगर प्रमुख, उपप्रमुख को होला भनेर बहस शुरु भएको छ । झापाको दमकमा पनि यसको बहस हुन थालेको छ । स्थानीय सरकारको रुपमा संविधान स्वीकार गरेकाले कार्यकारी प्रमुख हुनका लागि निक्कै ठुलो दौडधुप हुन थालेको पाईन्छ ।

दमक नगरपालिकाका वर्तमान नगर प्रमुख रोमनाथ ओली तेश्रो पटक पुन उम्मेद्वार बन्लान ? अहिले यो बिषयमा पनि चर्चा हुन थालेको छ । नगर प्रमुख ओली यो  ५ बर्षको अवधिमा  अहिलेसम्म कुनै पनि ठुलो विवादमा फसेनन् ।

लामो समयको अन्तरालपछि भएको स्थानीय सरकारको निर्वाचनमा नेकपा एमालेका नेता रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याएर जितेका थिए । के फेरी पनि दमकको नगर प्रमुखमा तपाईको दाबी हो ?  दाबी छैन तर पार्टी र साथीभाईको निर्णय म स्वीकार गर्छु, ओलीले सहजै हाँस्दै आवाज फर्काए ।

उनले आफ्नो दाबेदारीको बिषयमा प्रष्ट रुपमा बोलेनन् । ओली २० वर्षअघि पनि दमकको मेयर थिए । २० बर्षपछि उनि नै मेयर भए । २०४७ सालदेखि दमकमा बसोबास गर्दै आएका ओली सामान्य परिवारका ब्याक्ति र साधरण जिवनशैली अपनाउने ब्याक्तिको रुपमा चिनिन्छन् ।

अहिले एमालेभित्र वर्तमान उपप्रमुख गीता अधिकारी, अघिल्लो पटक नगर प्रमुखका लागि अन्तिम समयसम्म दाबी पेस गर्ने अम्बिका खनाल, अघिल्लो पटक पनि नाम चर्चामा आएका होमबहादुर थापा र ईन्द्र भण्डारी पनि सम्भावित नगर प्रमुखको दाबेदार रहदै आएकाछन् ।

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकलाई हुन लागेको स्थानीय निर्वाचनलाई प्राथमिकताका साथ हेरिएको छ । सर्वसम्मत रुपमा आंकाक्षिहरुलाई ब्यवस्थापन गर्न एमालेका लागि चुनौती रहेको एमालेका नेताहरु नै स्वीकार गर्छन् ।