२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ सहकारीका अगुवा तथा पुर्व गृहराज्य मन्त्री दीपक प्रकाश बास्कोटाले सहकारी संस्थालाई सहकारी जस्तै गरी नचलाउने र बैंक जस्तो हुने हो भने अहिले नै साईनबोर्ड हटाए हुने बताएकाछन् । उनले शनिवार मेची सहकारी संस्थाको आयोजनामा शुरु भएको सहकारी समबन्धिको २ दिने प्रदेशस्तरीय कार्यशालामा बोल्दै यस्तो बताएकाहुन् ।

मेची सहकारीको रजत बर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सहकारी र बैंक फरक भएको भन्दै सहकारीलाई सहकारीको रुपमा नै चलाउन आग्रह गरे । यदि सहकारीको रुपमा चलाउन सकिदैन भने साईनबोर्ड हटाए हुन्छ, उनले भने ।

बैंकहरुले अहिले ब्याजदर बढाउदा सहकारीहरुले पनि बढाउन पाउनुपर्छ भन्दै आएको प्रति पनि उनले टिप्पणी गरे । बैंकले ब्याजदर बढाउदा सहकारीले पनि बढाउनु पर्छ भनेर हिड्नु राम्रो होइन, उनले भने । यस्तो अवस्थामा सहकारीले अरुका लागि उदाहरण बन्नुपर्छ, उनले थपे ।

सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईका अनुसार आईतवार दमक घोषणापत्र सहित कार्यशाला सम्पन्न हुनेछ । कार्यक्रममा प्रदेश १ का सहकारीका अगुवा तथा सहकारीकर्मीहरु सहभागि रहेकाछन् ।