दमकमा राजन दंगालले शुरु गरे नयाँ सुविधायुक्त होटल एण्ड लज
दमक/ झापाको दमकमा होटल ब्यवसायको क्षेत्रमा आफुनो छुट्टै पहिचान बनाएका होटल ब्यवसायी महासंघका १ नम्बर प्रदेश अध्यक्ष समेत रहेका राजन दंगालले दमकमा नयाँ होटल एण्ड लज शुरु गरेकाछन् । दमकमा पार्टी प्यालेसको रुपमा पाथिभरा होटल एण्ड पार्टी प्यालेस सञ्चालन गरेका थिए ।
दमकको पूर्व बसपार्क छिर्ने ट्राफिक बिटबाट दक्षीणपट्टि राजमार्गबाट १ सय मिटर दुरी (दमक ८)मा नयाँ होटल सञ्चालनमा ल्याएकाहुन् । जग्गा, तथा होटल संरचना सहित करिब साढे ३ करोड लगानी भएको जनाईएको छ । पारिवारीक वातवरणमा होटलको सेवा लिने वातवरण यहाँ रहने दंगालले बताए । बसोबासका लागि १० वटा एसि सहितका सुविधायुक्त कोठाहरु रहेकाछन् ।
दंगालले निरन्तर रुपमा होटल ब्यवसाय गर्दै आएकाछन् । होटल ब्यवसायबाट बाहिरी ब्यवसायमा अब जान नसकिने रहेछन, उनले भने । होटल मानिसका लागि दोश्रो घर हो र घरको वातवरण दिने मेरो लक्ष्य छ, उनले भने ।

