नेपाल निजामती कर्मचारी संगठन दमकको नेतृत्वमा भीम पौड्याल चयन
दमक/ नेपाल निजामती कर्मचारी संगठन दमकको नेतृत्व चयन भएको छ । दमक नगरपालिकाका इन्जिनियर भिम पौडेल अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
नेपाल निजामती कर्मचारी संघठनको प्रथम अधिबेशनले पौडेल सहित नयाँ कार्य समिति बनाएको निर्वाचन समितिका सयोजक नगेन्द्र भट्टराईले बताए ।
उपाध्यक्षमा कमल दाहाल, महिला उपाध्यक्षमा चन्द्रकला निरौला , सचिवमा भोजु थुलुङ, सह सचिवमा किरण पौडेल, कोषाध्यक्षमा मनोज रेग्मी सर्वसम्मत चयन भएकाछन् । नेकपा एमालेका केन्द्रिय सदस्य एवं दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा अधिवेसन भएको थियो ।


