२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दमक नगर समितिको अध्यक्षमा पुराना स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराई चयन भएकाछन् । दमक नगरपालिकामा शनिवार भएको भेलाले भट्टराईको अध्यक्षतामा समिति बनेको हो ।

पदाधिकारीहरुमा उपाध्यक्षमा चेतन निरौला र अनिता थापा रहेकाछन् । यसैगरी सचिवमा सन्दिप भट्ट र कोशाध्यक्षमा ईश्वरी बस्नेतले जिम्मेवारी पाएकाछन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दमक नगर समितिको पहिलो अधिवेसन भएको हो ।