दमक सहित झापामा ग्याँसमा बदमासी, लुकाउदै ब्यवसायी दुख पाउदै जनता
दमक/ दमक सहित झापामा कृत्रिम रुपमा ग्याँसको अभाव शुरु भएको छ । भाउ बढ्न सक्ने भएकाले ब्यवसायीले ग्याँस लुकाएको हुनसक्छ । बजारमूल्य भन्दा २ सय रुपियासम्म बढि लिएर ग्याँस विक्री पनि भइरहेको सुनिएको छ ।
एक उपभोक्ताका अनुसार २ सय रुपिया बढि तिरेर आफुले ग्याँस ल्याउनु परेकोछ । धेरै ठाँउमा ग्याँस खोज्दा नपाएपछि एक ठाँउमा पाइयो र २ सय रुपिया बढि तिरेर भएपनि मैले ल्याए, ति उपभोक्ताले भने ।

