२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ लामो समयदेखि प्राध्यापन पेशामा संलग्न र राजनीतिक रुपमा समेत आफुलाई स्थापित गराएकी दमक शैक्षिक तथा सामाजिक अगुवा र।ाधिका ओझाले पनि दमक नगरपालिकको उपप्रमुखमा जाने ईच्छा प्रकट गरेकीछन् । माओबादी केन्द्रकी नेतृ ओझाको नाममा पार्टीमा समेत छलफल भइरहेको जनाईएको छ ।

गठबन्धनमा सकेसम्म नगर प्रमुख र नभए उपप्रमुख दाबी गरेको माओबादी केन्द्रले उम्मेद्वारको टुंगो भने लगाएको छैन । अघिल्लो स्थानीय तहको निर्वाचनको मतभारको आधारमा राप्रपाका राम थापा गठबन्धनबाट नगर प्रमुख भएको अवस्थामा स्वभाविक रुपमा उपप्रमुख केहि नभनि हामीले पाउने हो, माओबादी केन्द्रका एक नेताले भने । कस्लाई पठाउने भन्ने पार्टीले निर्णय लिन्छ, ति नेताको भनाई छ ।

नेपाल बुद्धिजिवि संगठन १ नम्बर प्रदेश अध्यक्ष, प्रशान्ति सहकारी संस्थाकी अध्यक्ष, दमक बहुमुखि क्याम्पसमा साहयक क्याम्पस प्रमुख समेत भइसकेकी ओझाले आफ्नो दाबी स्वभाविक भएको बताएकीछन् । अध्यनशिल रहेकी उनीसंग बिभिन्न बिषयमा उच्च शिक्षा हासिल गरेको अनुभव छ । ओझा माक्र्सवादी ज्ञान केन्द्र को एक नम्बर प्रदेश उपाध्यक्ष पनि हुन् ।

गठबन्धन भएपनि नभएपनि मेरो दाबेदारी हो, उनले भनिन् । अहिलेसम्मको प्राप्त ज्ञान र अनुभवलाई समाजसेवामा लगाउने इच्छा रहेको उनले बताईन् । सबै क्षेत्रमा मेरो अनुभव रहेको छ र यो अनुभव म यहाँको जनताको हितमा प्रयोग गर्न चाहान्छु, उनको भनाई छ ।