२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकमा नेकपा एमाले बाहेकका दलहरुबीच गठबन्धनका लागि बसेका बिभिन्न चरणका बैठकहरुमा बिशेष गरेर नगर उपप्रमुख र वडाध्यक्षमा किचलो देखिएको बताईएको छ । माओबादी केन्द्रले नगर प्रमुख दाबी गरेपनि राप्रपाका राम थापालाई छाड्ने अवस्थामा उपप्रमुख सहित कम्तिमा पनि ३ वटा वार्ड आफ्नो बटमलाईन भएको बताउदै आएको गठबन्धनको छलफलमा सहभागि एक नेताले बताए ।

राप्रपाले प्रमुख सहित २ वटा वार्ड छाड्न नसकिने भनेर छलफलमा कुरा राखेको जनाइन्छ । यो उसको बटमलाइन भएको छ । नेकपा एसले २ वटा वार्ड पाउनु पर्ने अडान यथावत राखेको पनि गठबन्धनका एक नेताको भनाई छ । जनता समाजबादी पार्टीले पनि कम्तिमा १ वटा वार्ड दाबी गर्दै आएको बताइन्छ । गठबन्धनका दलहरुले आफ्नो बटमलाइन सहित आफुहरुले भनेको नभए सबै पदमा उम्मेद्वारी दिने समेत बताउदै आएकाछन् ।

काँग्रेस र माओबादी केन्द्रले उपप्रमुख सहित ५/५ वडाध्यक्ष दाबी गरेपछि मिल्ने छाँटकाट देखिन्न, गठबन्धन दलका एक नेता भन्छन् । सार्वजनिक रुपमा भने दुबै दलले नगर प्रमुखको पनि दाबी गर्दै आएकाछन् । यद्यपी नगर प्रमुखमा अघिल्लो निर्वाचनको मतभारलाई आधारबनाउदा राप्रपा गठबन्धनमा आँउदा नगर प्रमुख छाड्ने अवस्था आउन सक्नेमा दुबै दल कन्भिन्स रहेको बताइन्छ ।

काँग्रेसले उपप्रमुख सहित ५ वटा वडा दाबी गरेको छ । यो आफ्नो बटमलाईन भएको प्रष्ट रुपमा बताईसकेको काँग्रेसका एक नगर पदाधिकारीले बताएकाछन् । आफ्नै हैसियतभन्दा माथि खोज्दा कुरा नै मिल्दैन, ति पदाधिकारीले भने । राप्रपा र काँग्रेसबीचमात्र पनि गठबन्धन हुनसक्ने अवस्था देखिएको काँग्रेसका कतिपय नेताले बताउन थालेकाछन् ।