२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ स्थानीय तहको निर्वाचन नजिक आँउदै जाँदा राजनीतिक दलहरुले स्थानीय तहमा उठ्ने उम्मेद्वाहरुको नामको बिषयमा छलफल गरिरहेकाछन् । गठबन्धन हुन नसकेको अवस्थामा प्रमुख राजनीतिक दलहरुले उम्मेद््वारको बिषयमा छलफल र निर्णय गर्दै आएकाछन् ।

यस क्रममा माओबादी केन्द्र दमकले पार्टीको निर्देशन अनुसार नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुको नाम सिफारीस गरेको बताईएको छ । हामी गठबन्धन तोडौ भन्ने पक्षमा छैनौ तर अन्डर स्टमेट भए त्यो राम्रो होइन भन्ने हाम्रो धारणा हो, माओवादी केन्द्रका एक स्थानीय नेताले भने । माओबादी केन्द्रले प्रमुखमा रेवतराज पुरी ( गगन ) , दुर्गा चौलागाईं (श्रीकान्त ) र भुमिका कोइरालालाइ सिफारीस गरेको छ । उपप्रमुखमा बेदनिधि गौतम ( बेदु) र राधिका ओझालाई सिफारीस गरेको छ ।

माओबादी केन्द्रले १ नम्बर वडाको वडाध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । जसमा तिर्थराज बस्नेत (शंकर) , पदम सापकोटा र प्रेम बेघा रहेका छन । २ नम्बर वडाको वडाध्यक्षमा रुद्र कार्की , ३ नम्बर वडाको वडाध्यक्षमा अनिल थापा र हरि धिमाल , ४ नम्बर वडाको वडाध्यक्षमा बेदप्रसाद चापागाईं , ५ नम्बर वडाको वडाध्यक्षमा एकराज लुइँटेल , ६ नम्बर वडाको वडाध्यक्षमा यामजी श्रेष्ठ , ७ नम्बर वडाको वडाध्यक्षमा लालसुन्दर राई र दिलिप बुढाथोकी , ८ नम्बर वडाको वडाध्यक्षमा प्रकाश तिम्सिना , ९ नम्बर वडाको वडाध्यक्षमा नगेन्द्र घोर्साइ र १० नम्बर वडाको वडाध्यक्षमा गंगाराज धिमाललाई सिफारीस गर्ने नगरको निर्णय रहेको माओबादी केन्द्रले जनाएको छ ।

माओबादी केन्द्रका दमक नगर अध्यक्ष रबि बस्नेतका अनुसार पार्टीको सर्कुलर अनुसार माथिल्लो तहमा उम्मेद्वारहरु सिफारीस गरिएको हो । नगरको पदाधिकारी बैठकले यो निर्णय गरेको पनि उनले जनाए । माओबादी केन्द्रले पहिलो दाबी नगर प्रमुख र त्यो नभए कम्तिमा उपप्रमुख सहित ३ वटा वार्ड पाउनु पर्ने गठबन्धनमा माग राख्दै आएको छ ।