२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

बिष्णुप्रसाद पोखरेल
दमक/ यदि सरकारले तोकेको समयमा निर्वाचन हुने हो भने अब स्थानीय सरकारका प्रतिनिधि छान्ने निर्वाचन आउन धेरै दिन बाँकी छैन । तल्लो तहका जनतासम्म तथा पहुँच विहिनहरुको पहुँच रहने भनिएको स्थानीय तह अर्थात सरकारको निर्वाचनको तयारीहरु पनि देखिदैछ ।  दलहरु आन्तरिक तयारीमा रहेकाछन् र उम्मेद्वाहरु चयन गर्ने कसरतमा देखिन्छन् ।
झापाको दमकहोस या झापा जिल्ला । देशभर नै किन नहोस कहि पनि स्थानीय सरकारको निर्वाचन आइरहदा जनताको बिषयमा न राजनीतिक दललाई चिन्ता छ न त उम्मेद्वार बन्न खोज्नेहरुलाई नै वास्ता छ । जम्मा जसरी पनि आफुले जित्नु पर्यो र बिपक्षीलाई हराउनु पर्यो । स्थानीय एजेण्डाको बिषयमा त कुनै बहस नै छैन । यो कस्ता शाषन ब्यवस्था ल्याईएछ भनेर जनतामा नैराश्यता पैदा भइरहेको छ । जो कोहिलाई पनि विरक्त लाग्ने अवस्था बनेको छ ।
ब्याक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्ने बिषयमा कहि पनि छलफल सुनिदैन । एकले अर्कालाई कसरी हराउने ? कसरी पछार्ने, कसरी पत्तासाफ गर्ने ? यो सोचाईभन्दा माथि न राजनीतिक दल लागेकाछन् न त उम्मेद्वारहरु नै प्रतिबद्धछन् । यतिसम्मकी राजनीतिक हिसावमा कहिल्यै बिचार नमिल्ने र संविधान विरोधीहरुलाई समेत आफ्नो पक्षमा ल्याउनका लागि निर्लज्ज रुपमा राजनीतिक दल तथा यसका नेताहरु लागि परेकाछन् । यो कस्तो गणतन्त्र आयो ? अचम्ममा पर्ने अवस्था देखिदैछ ।
स्थानीय निर्वाचन आइरहदा दमकमा पनि यहाँका स्थानीय मुद्धाहरुले अहिले प्राथमिकता पाएको छैन । चुईक्क यहाँका समस्याहरुको बिषयमा दलहरु बोलेका छैनन् । स्थानीय घोषणापत्र बनाउने बिषयमा छलफल र बहसमा कुनै पनि राजनीतिक दल जुटेको देखिदैन । एकले अर्कालाई कसरी सिध्याउन सकिन्छ ? आफ्नो राजनीतिक तथा ब्याक्तिगत स्वार्थ कसरी पुर्ति गर्न सकिन्छ ? त्यो बिषयमा छलफल भइरहेको छ । अझ आफुलाई सच्चा गणतन्त्रबादी बताउने र आफुलाई सच्चा राजतन्त्रबादी बताउनेबीच समेत तालमेल तथा गठबन्धन हुने अवस्था आउनु भनेको लज्जाको बिषय होइन र ? यसका लागि एउटामात्र होईन फेरी सबै दल लागेकाछन् । यो वा त्यो भन्ने छैन । बिचार र स्थानीय एजेण्डा लेनदेनको बिषयले ओझेलमाछन् ।
निर्वाचनको बिषयमा जनतामा उत्साह छैन । राजनीतिक दलहरुबीच आन्तरिक एक्यवद्धता छैन । स्थानीय सवालहरुमा राजनीतिक दलहरुबीच जवाफदेहिता देखिन्न । यो कस्तो गणतन्त्र आएछ ? यो कस्तो लोकतन्त्र ल्याईएछ ? आफैले आफैलाई प्रश्न गर्ने अवस्था आएको छ । शाषन ब्यवस्थाप्रति नै जनतामा बितृष्णा पैदा भएको देखिन्छ । शाषन ब्यवस्थाप्रति नागरिकको अपनत्व भएको देखिन्न । यसलाई राजनीतिक दल तथा राजनीतिक दलका शिर्ष नेताहरुले गम्भिर भएर सोच्नु पर्दछ ।
अब सबै नागरिक तथा मतदाता सचेत बन्न आवश्यक छ । हामी हाम्रो सरकारको चुन्दैछौ । घर आँगनको सरकार अनुभुत गर्ने संयन्त्रप्रति अपनत्व सिर्जनाहोस भन्ने चाहान्छौ भने हामी अब सचेत बन्न आवश्यक छ । अब भोट माग्न आउने राजनीतिक दलहरुलाई तिम्रा एजेण्डा के हुन ? स्थानीय सरोकारका मुद्धाहरु के हुन र कहाँछन् खोइ ? तिमिलाई तथा तिम्रा उम्मेद्वारहरुलाई भोट किन ? के का लागि र कस्का लागि ? भनेर सोध्नु पर्दछ ।
स्थानिय सरकार भनेको के हो ?
स्थानीय क्षेत्रको शान्तिसुरक्षा‚ विकास एवं प्रशासन स्थानीय क्षेत्रकै निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकारलाई स्थानीय सरकार भनिन्छ । स्थानिय सरकार स्थानीय संस्थाबाट गरिने शासन हो‚ जसमा जनताबाट निर्वाचित प्रतिनिधि हुन्छन् । केन्द्रीय सरकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ । केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारवीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछ । एउटा देशमा केन्द्रीय सरकार एउटा मात्र हुन्छ भने स्थानीय सरकार एकभन्दा बढी हुने गर्दछ । नेपालमा गाउपालीका,नगरपालिका र प्रदेश लाई स्थानीय सरकारका रुपमा लिने गरिन्छ ।
स्थानिय सरकारको आवश्यकता
स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्न‚
स्थानीय नेतृत्वको विकास गर्न‚
स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न‚
स्थानीय साधन स्रोत‚ सीप‚ प्रविधि‚ क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न‚
लोकतन्त्रको स्थानीयस्तरदेखी नै संस्थागत विकास गर्न‚
स्थानीय जनतामा राजनीतिको व्यवहारीक ज्ञान बृद्धि गर्न‚
स्थानीयस्तरको योजना व्यवस्थापन (योजना पहिचान‚ तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ प्रतिफल बाँडफाँड) मा स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन‚
शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न‚
जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन‚
स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न ।