दमकमा गठबन्धन टुट्यो, जसपा एक्लै चुनावमा जाने निर्णय
दमक/ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० ले दमकमा नगर प्रमुख सहित सबै वडामा उम्मेद्वारी दिईने निर्णय गरेको छ । दमक नगर समितिले गरेको निर्णयले उम्मेद्वारहरु समेत सार्वजनिक गरेको छ ।
दमकमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेलको बिषयमा स्वार्थपुर्ण तर्कबितर्क र ठुला भनिएका दलहरुको हेपाह प्रवृतीका कारण जसपाले एक्लै चुनावमा जाने निर्णय गरेको बताईएको छ । सत्तासिन गठबन्धनमै भएर पनि कांग्रेस, एकीकृत माओवादीले जसपालाई नजरअन्दाज गरेको निष्कर्ष जसपाले निकालेको जसपा दमक नगर सह अध्यक्ष खेम दहालले बताए
गठबन्धनमा हामीलाई बेवास्ता गरिएका कारण हामीले आफै एक्लै निर्वाचनमा जाने निर्णय गरेका हौ, दहालले भने । अब आफ्नै बलबुँतामा चुनावमा जाने तयारीमा लागेकाछौ, उनले भने ।
जसपा दमक नगर समितिको बैठक र भेलाले चुनावी तयारीसँगै प्रमुख र उपप्रमुखसहित वडास्तरसम्म उम्मेद्वार सिफारिस गरेको छ ।
पार्टीले नगर प्रमुखको उम्मेद्वारका रूपमा जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङसहित नगर सचिव सुनिल राई र नगर सदस्य दिपक लिम्बूको नाम सिफारिस गरेको छ ।
त्यस्तै नगर उपप्रमुखमा जसपा केन्द्रीय सदस्य हरिदेवी राई र नगर उपाध्यक्ष गंगा राई शेर्मालाई उम्मेद्वार सिफारिस गरेको छ । उम्मेद्वार सिफारिससँगै जसपा दमक नगरले प्रदेश सदस्य पवन विष्टको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
त्यस्तै जसपाले दमक वडा नम्बर १ को वडा अध्यक्षमा ओममाया आङदेम्बे, खुला सदस्यहरु रञ्जना सम्बाहाम्फे र हरिकुमार राई, महिला सदस्यमा पञ्चमाया लिम्बू र दलित महिला सदस्यमा कल्पना विश्वकर्मालाई उम्मेद्वार सिफारिस गरेको छ ।
वडा नम्बर २ को वडाध्यक्षमा युद्धबहादुर लावती ९आकाश० उम्मेद्वार चयन भएका छन् भने वडा नम्बर ३ मा दिपक खड्का र वडा नम्बर ४ मा भीम विश्वकर्मालाई वडाध्यक्षको उम्मेद्वार चयन गरिएको छ ।
त्यस्तै दमक वडा नम्बर ५ बाट वडाध्यक्षमा राजु खड्का, खुल्ला सदस्यहरु भेषराज भट्टराई र कर्णबहादुर भण्डारी, महिला सदस्यमा उमा लिम्बू र दलित सदस्यमा सीता परियारलाई उम्मेद्वार बनाउने पक्का भएको छ ।
वडा नम्बर ६ मा महेन्द्र चाम्लिङ वडाध्यक्षको उम्मेद्वार बन्ने भएका छन् भने खुला सदस्यमा जीवन चौहान र टंक विक, महिला सदस्यमा सुनिता पौदारले उम्मेद्वारी दिने तय भएको छ ।
त्यस्तै वडा नम्बर ७ मा वडाध्यक्षको उम्मेद्वारका रूपमा सुरेश लावती, खुल्ला सदस्यमा दिपबहादुर भुजेल र अमृत पाराघरी लिम्बू, महिला सदस्यमा हिमाकुमारी राई र दलित महिला सदस्यमा कालिकादेवी सार्की उम्मेद्वार बन्दै छन् ।
वडा नम्बर ८ मा धिरेन सुब्बा लावती वडाध्यक्षको उम्मेद्वार बन्ने भएका छन् भने खुल्ला सदस्यहरुमा ज्ञानेन्द्र कुरुङ्भङ र महिला सदस्यमा पदम कुमारी राई लिम्बू उम्मेद्वार बन्ने पक्का भएको छ ।
त्यस्तै वडा नम्बर ९ मा वडाध्यक्षको उम्मेद्वार धिरेन्द्र सम्बाहाम्फे, खुला सदस्यहरुमा दुर्गा तामाङ र पदम लिम्बू, महिला सदस्यमा बुद्धमाया मादेन र दलित महिला सदस्यमा सरु विकको उम्मेद्वारी पर्ने पक्का भएको छ ।
वडा नम्बर १० को वडाध्यक्षमा खेमबहादुर दाहाल, खुल्ला सदस्यहरुमा तोर्ण भट्टराई र खगेन्द्र न्यौपाने, महिला सदस्यमा गीता गजुरेल र दलित महिला सदस्यमा रेणुका दर्जीको उम्मेद्वारी रहने बताइएको छ ।

