दमकमा गठबन्धनमा टुट्दै ! आन्तरिक रुपमा पार्टीहरु फुट्दै
दमक/ झापाको दमकमा सरकारमा रहेका राजनीतिक दलहरु सहित राप्रपाको समेत गठबन्धन बन्ने तयारी भएपनि अन्तिम समयमा आएर यो सम्भव नहुने अवस्थामा पुग्न लागेको छ । यद्यपी अहिले पनि गठबन्धनको सम्भावाना नसकिएको गठबन्धन दलका कतिपय नेताले बताउदै आएकाछन् ।
राप्रपाका नेता राम थापालाई नगर प्रमुख स्वीकार गरेका र उपप्रमुख सहित वडामा सहमतिको प्रयास गर्ने जनाएपनि उपप्रमुखमा नेपाली काँग्रेस र माओबादी केन्द्रको दाबी रहेसंगै गठबन्धन संकटमा पुगेको हो । गठबन्धनमा नगर प्रमुख दाबी गर्ने र उपप्रमुख पाएमा स्वीकारेर जाने तयारीमा माओबादी केन्द्र रहेको भएपनि दुबै पद नपाउने भएपछि बाहिरीने अवस्था आउन लागेको माओबादी केन्द्रर्का एक नेताले बताए ।
दमकमा काँग्रेस र माओबादी केन्द्र भित्र जसरी पनि गठबन्धन जोगाउनु पर्ने र त्यसका लागि पद त्याग गर्न पनि तयार हुनु पर्ने एक समुह लागेपनि अर्को समुहले आफ्नो अस्तित्व नामेट पारेर एमाले हराउनका लागिमात्र मिलेर जानु नहुने बताएपछि आन्तरिक बिबाद पनि उत्सर्गमा पुगेको छ । काँग्रेस र माओबादी केन्द्र भित्र उपप्रमुखका आँकाक्षीहरु धेरै देखिएपछि यसलाई मिलाउन सम्बन्धित दलहरुलाई हम्मेहम्मे भएको छ । जसपा गठबन्धनबाट बाहिरिसकेको छ ।
माओबादी केन्द्र र नेपाली काँग्रेसबीच गठबन्धनका लागि सघन छलफल भइरहेको माओबादी केन्द्रका एक नेताले बताए । हामी सहमति नजिक पुगेका छौ र यसको आधिकारीक निर्णय चाँडै पाउनु हुनेछ, ति नेताले भने । दमकमा गठबन्धन भित्रैका दलहरुले एकले अर्कालाई मिलेर जानका लागि क्रस गठबन्धनको तयारी शुरु गरेकाछन् । जसपाले आफुभन्दा साना दलहरुलाई समेटेर जाने भन्दै उम्मेद्वार घोषणा गरिसकेको छ । नेकपा एसले पनि यसभन्दा अघि नै उम्मेद्वारहरु सार्वजनिक गरेको छ ।

