दमकमा नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखमा महेश घिमिरेको उम्मेद्वारी दर्ता
दमक/ नेकपा एकीकृत समाजवादीको तर्फबाट झापाको दमक नगरपालिको उपप्रमुखमा महेश घिमिरेले उम्मेद्वारी मनोनयन गरेकाछन् । समाजबादीका नेता महेश घिमिरेले उम्मेद्वारी दर्ता गराएकाहुन् । समाजबादीले सोमबार वडाध्यक्ष सहित बिभिन्न पदहरुमा उम्मेद्वारी दर्ता गर्ने तयारी रहेको नगर सचिव अनिलदेब राईले बताए ।
