२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकमा नगर प्रमुखमा गीता अधिकारी, उपप्रमुखमा अम्बिका खनाल सहित १० वटै वडाका वडाध्यक्ष र वडासदस्यहरुले उम्मेद्वारी दर्ता गराएकाछन् । दमकमा एमाले एक्लैले चुनाव लड्दैछ । नगर प्रमुखको उम्मेद्वार अधिकारी निवर्तमान उपप्रमुख हुन् ।

यसैगरी उपप्रमुखका उम्मेद्वार एमालेमा लामो समयदेखि योगदान दिएका र नगर प्रमुखको प्रमुख दाबेदारी प्रस्तुत गरेका एक ईमान्दार नेताको रुपमा परिचय बनाएका ब्याक्ति हुन् । नगरको विकास र सम्बृद्धि नै आफुहरुको प्रमुख दायित्व भएको दुबैले बताएकाछन् ।

अधिकारीले दमकको सम्बृद्धि र दमकबासीको यस क्षेत्रको विकासप्रतिको चाहाना पुरा गर्नु आफु नगर प्रमुखको उम्मेद्वार रहेको बताएकीछन् । उनले आफुले नगरको उपप्रमुख भएर गरेका कामहरु र नगरबासीले आफुलाई गरेको विश्वास नै जित्ने आधार भएको जनाईन् । म दमकबासीको मनमा ढेस पुग्ने काम कहिल्यै गर्दिन र गलत ठाँउमा मत हालिएछ भन्ने दिन नल्याउने दृढ संकल्पित छु, उनले भनिन् ।

एमालेले दमक नगरपाकिला वडा नं १ देखी १० वटै वडाका १० जनै वडाध्यक्ष सहित वडा सदस्यहरुको उम्मेद्वारी मनोनयन गराएको छ । वडा नं. १ देखी १० सम्म क्रमश हरि न्यौपाने, प्रजापति सापकोटा, नबिन बराल, झसराज ढकाल, इन्द्र गुरुङ, टेक बहादुर थापा, राधाकृष्ण आचार्य, धर्म प्रसाद दाहाल(दिपेश),कुबेर भट्टराई र बोधराज न्यौपानेको उम्मेद्वारी दर्ता भएको छ ।