एमालेबाट गौरादहमा मेयरमा छत्रपति र उपमेयरमा जलवर्षाद्धारा उम्मेद्वारी मनोनयन
दमक/ झापाको गौरादहमा नेकपा एमालेबाट प्रमुख, उपप्रमुख सहित सबै पदहरुमा उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । नगरप्रमुख पदमा छत्रपति सुवेदी, उपप्रमुखमा जलवर्षा राजबंशी सहितले उम्मेद्वारी दर्ता गरेका हुन् ।
यसैगरी गौरादहको वडा नं. १ मा नगेन्द्र भण्डारी, वडा नं. २ मा डिल्ली काफ्ले, वडा नं. ३ मा गजेन्द्र घिमिरे, वडा नं. ४ मा दुर्गामणि बस्नेत, वडा नं. ५ मा जग्गानाथ खनाल, वडा नं. ६ मा प्रकाश पराजुली, वडा नं. ७ मा बलराम खरेल, वडा नं. ८ मा भुमिराज पोेखरेल, वडा नं. ९ मा उपेन्द्र निरौलाले उम्मेद्वारी दिएकाछन् ।
