दमकमा नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारसहित १३ को मनोनयन फिर्ता
दमक/ झापाको दमकमा प्रमुख र उपप्रमुखका उम्मेद्वार सहित १३ जनाले उम्मेद्वारी फिर्ता लिएकाछन् । प्रमुख र उपप्रमुखमा राट्रिय जनमुक्ति पार्टीका उम्मेद्वारहरुले मनोनयन फिर्ता गरेकाहुन् । हिजो बेलुका ५ बजेसम्म उम्मेद्वारी फिर्ता गर्ने समय रहेको थियो ।
झापामा १७ जना प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्षसहित १३९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रमुख एवम् अध्यक्ष पद्मा उम्मेद्वारी दिएका ८ जनाले उम्मेद्वारी फिर्ता लिए ।


