२०८३ असार १५, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/लामो प्रयास र निरन्तरको प्रयासपछि दमकका राजनीतिक शक्तिको रुपमा आफुलाई दर्बिलो रुपमा स्थापित गरेका राम थापाले आफु नगर प्रमुख भएर सपथ खाएपछि पहिलो प्रतिबद्धता आफु भ्रष्टाचार नगर्ने र गर्न नदिने गरेकाछन् । निर्वाचन अघि समेत उनले यो बिषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

राप्रपा नेता थापाले दमकमा बनेको महागठबन्धनको तर्फबाट नगर प्रमुखमा विजयी हासिल गरेकाहुन् । सधै निर्वाचनमा दोश्रो शक्तिको रुपमा आफुलाई उभ्याएका थापाले यो पटक विजयी भएर आफ्नो दृढ संकल्पलाई पुरा गरेकाछन् ।

उनले नगर प्रमुखको रुपमा सपथ खाए लगत्तै नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुले सपथ ख्वाएर नगरपालिका परिसर नजिकै रहेको मन्दिरमा गएर घुस नखाने र खान नदिने प्रण गरे । उनले राप्रपाबाट जितेका अन्य जनप्रतिनिधिहरुलाई पनि सपथ ख्वाए । उनले नगरपालिकालाई शाषन गर्ने थलो नभएर सेवा गर्ने स्थल बनाउने पनि बताए ।

हरेक निकायमा भ्रष्टाचार हुने र यसमा जनप्रतिनिधिहरु पनि सामेल हुने गरेको भन्दै आलोचना हुने गर्छ । यो आलोचनालाई चिर्नका लागि उनले आफ्नो पहिलो प्राथमिकता सहित यसमा आफु नलाग्ने जनाएको बताईन्छ । म मेरो सेवा सुविधालाई पनि बिपन्नको हितमा उपयोग गर्छु, उनले भनेकाछन् । जनप्रतिनिधि भए बापत उनले सेवा सुविधा नलिने यसभन्दा अघि घोषणा गरेका थिए ।

थापाले पहिलो निर्णय बिपन्न सकुम्बासी बस्तिमा निर्माणाधिन रहेको बाटोमा लकिङ टायल लगाउने टिप्पणिलाई सदर गरेकाछन् । यसका अर्थ नगरपालिका बिपन्न र सुकुम्बासी बस्तिको बिषयमा जानकार रहेको छ भन्ने दर्शाउने जनाईएको छ ।