सुर्यदर्शन सहकारीका बजार ब्यवस्थापक दिपक नेपालको सडक दुर्घटनामा परेर मृत्यु
दमक/झापाको दमक ६ स्थित सुर्यदर्शन सहकारीका बजार ब्यवस्थापक दिपक नेपालको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाँउपालिकाको चुलाचुली मोडमा गयराती ट्रकले नेपालको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीको भनाई छ । गम्भिर घाईते बनेका नेपाललाई उपचारका लागि दमक अस्पताल ल्याउदै गरिएको थियो । उनको अस्पताल ल्याइ नपुर्याउदै ज्यान गएको जनाईएकोछ ।
सहकारी संस्थाले यसको पुष्टि गरेको छ-
यस सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार व्यवस्थापक दिपक नेपाल को हिजो राती सडक दुर्घटनामा परी असामहिक निधन भएको हुदा मृतक आत्मा प्रती भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दै सम्पूर्ण परिवार जनमा गहीरो समवेदना प्रकट गर्दछौ।
सूर्यदर्शन सहकारी परीवार
दमक ६ झापा

