२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ लायन्स क्लव ईन्टरनेशनल ३२५ सि को प्रथम कार्यकाल एवं लायन्स बर्ष २०२२/०२३ को शुरुवात दमकमा भब्य रुपमा रक्तदान र दीप प्रज्वलन गरेर शुरुवात भएको छ । शुक्रबार दमकको रेडक्रस सोसाइटी दमक उपशाखा र लाईनफलाइन अस्पतालमा रक्तदान भएको हो ।

दमकस्थित लायन्स क्लव अफ झापा दमक सहित सम्पूर्ण क्लवहरुको संयुक्त आयोजनामा भएको रक्तदान भएको हो । लायन्स क्लव ईन्टरनेशनल ३२५ सि का एरिया चिफ दिवस राईका अनुसार शुक्रबार दमकमा मात्र १४८ पीन्ट रगत संकलन भएको छ । सबै क्लवहरुको सक्रिय सहभागितामा यो सफलता मिलेको पनि राईले बताएकाछन् ।

यसैगरी शुक्रबार साँझ दमकको गणतन्त्र चोकमा दीपप्रज्वलन पनि भएको छ । लायन्स बर्षको शुरुवातको संकेत सहित दीपप्रज्वलन भएको हो । दमक लायन्स हव बन्दै गएको र सेवाको क्षेत्रमा यो बर्ष दमक लायन्समय बन्ने पनि राईले बताए ।