दमकमा नीजि सवारी साधनको पुर्वधार शुल्क नउठाउन माग
दमक/ सार्वजनिक सवारी साधन बाहेक सम्पूर्ण नीजि सवारी साधनहरुमा लाग्ने पुर्वधार सेवा शुल्क छुट हुनु पर्ने माग दमकको नगर सभा वैठकमा कमल श्रेष्ठले राखेकाछन् । सोमबार भएको ११ औ नगर अधिवेसनको दोश्रो वैठकमा बोल्दै उनले लिखित रुपमा यस्तो माग अघि सारेकाहुन् ।
सिटी सफारी, ट्याम्पो लगायतामा लाग्ने शुल्क ब्यवस्थापन गर्न पनि माग उनले गरेकाछन् । नगरपालिकाले यसभन्दा अघि पुर्वधार शुल्क उठाउनका लागि सार्वजनिक सूचना निकाल्दै नगरपालिकामा आएर शुल्क तिर्न अनुरोध गरेको थियो । नेकपा एमालेबाट नगर सभामा प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरुले हस्ताक्षर सहित यसभन्दा अघि नगरपालिकामा यो माग सहित २८ वटा माग समेटिएकाछन् ।
दमक नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरुको ब्यवस्थापन गर्दै यसमा निशुल्क शौच गर्ने ब्यवस्था मिलाउन पनि उनले माग गरेकाछन् । सार्वजनिक शौचालयमा जाँदा समेत अहिले तोकिएको रकम तिर्नु पर्ने अवस्था रहेको छ ।



