दमक सहित झापामा उखपात गर्मी, झ्याप्पझ्यप्प बिद्यूत जाँदा आक्रोश
दमक/ दमक सहित झापामा केहिदिन यता उखपात गर्मी बढेको छ । गर्मीका कारण जनजिवन समेत प्रभावित बनेको छ । गर्मीका कारण मानिसहरुको आवतजावतमा कमी देखिएको छ । गर्मीबाट बच्नका लागि एसि, फेन लगायतका विद्यूतीय सामाग्रिहरुको बिक्री बढेको ब्यवसायीहरुको भनाई छ ।
दमक सहित झापामा नै यो उखपात गर्मीमा छिनछिनमा बिजूली बत्ती जाँदा सर्वसाधरणदेखि लिएर धेरैलाई हैरानी हुने गरेको छ । उखुम गर्मीमा बत्ती गएपछि बालबालिकाहरुको, जेष्ठ नागरिक, विरामी लगायत सबैको बिजोग हुने रहेछ, धेरैको गुनासो छ ।

