२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ नेपाली काँग्रेसका नेता घनेन्द्रराज योङ्याले आफ्नो प्रदेश सभा सदस्य (झेत्र नं. ५ ख) को उम्मेद्वारमा आफ्नो दाबी प्रस्तुत गरेकाछन् । संघीय र प्रदेश सभा सदस्यका लागि निर्वाचन घोषणा भएसंगै उम्मेद्वारहरुले आंकाक्षा राख्ने क्रममा उनले पनि आफ्नो आँकाक्षा राखेकाहुन् ।

योङ्याले आफु प्रदेश सभा सदस्यको उम्मेद्वारका लागि योग्य रहेको प्रभावकारी न्यूजसंग बताए । योङ्या दमकमा राजनीतिक तथा सामाजिक क्षेत्रमा पुरानो र चिनिएको नाम हो । उनि दमक उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष पनि हुन् ।

ब्रिटिश आर्मीको दश वर्ष लामो नोकरी छाडेर स्वदेशमा केही गर्न भनेर २०५१ सालदेखि उनि दमकमा सामाजिक तथा राजनीतिक र ब्यवसायीक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । पञ्चायतको राजनीति पृष्ठभूमिमा हुर्किएका उनले नोकरीपछि लगत्तै बुबाको राजनीति लाइनबाट आफूलाई राजनीतिमा नेतृत्व दिन थालेका हुन् ।

त्यस अवधिमा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा योङ्याले दमक १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षको जनप्रतिनिधिका रुपमा स्थापित भएका थिए । २०५२ सालमा दमक खानेपानी उपभोक्ता समितिको निर्वाचित सदस्य, २०६० सालमा नै दमक उद्योग वाणिज्य संघको महासचिव र २०६२ सालमा अध्यक्ष पदमा निर्वाचित भएका थिए । हाल उनि नेपाली काँग्रेसमा रहेकाछन् ।