न्यू पाथिभरा कस्मेटिक दमकको संयोजनमा तीज विशेष कार्यक्रम
दमक/ झापाको दमकस्थित न्यू पाथिभरा कस्मेटिकको संयोजनमा कस्मेटिक ब्यवसायमा संलग्न महिलाहरुका लागि दरखाने कार्यक्रम भएको छ ।
शुक्रबार थ्री इन होटल रेष्टुरेन्ट एण्ड बारमा भएको तीज विशेष सहितको दरखाने कार्यक्रममा १ सय ५० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।
कस्मेटिकसंग सम्बन्धित बिभिन्न कम्पनीहरुको सहयोगमा साँझमा सांगेतिक कार्यक्रम सहित दिनभर तिज विशेष कार्यक्रम भएको न्यू पाथिभरा कस्मेटिकका प्रोपाईटर टिकाराम खतिवडाले बताए । तीजको शुभकामना सहित दरखाने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि खतिवडाले जनाए ।


