२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ रोटरी क्लव अफ दमकको अध्यक्षको कार्यभार दमकका युवा ब्यवसायी पशुपति बरालले सम्हाल्न शुरु गरेकाछन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोटरी क्लव अफ दमकको शुक्रबार दमक स्थित दमक फनपार्कमा पदस्थापन भएको छ । निवर्तमान अध्यक्ष भरत चम्लागाँईले बराललाई पद हस्ताण्तरण गरेकाहुन् ।

रोटरी क्लवका पुर्व डिस्ट्रिक गर्भनर बासुदेव गोल्यानको प्रमुख आतिथ्यमा भएको पदस्थापन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमु्ख रेगिना भट्टराई लगायतको उपस्थिति पनि रहेको थियो ।
साँझमा सांगतिक कार्यक्रममा यम बरालले रोटरीयन तथा कार्यक्रममा सहभागि रहेका अतिथिहरुलाई मनोरञ्जनका लागि गीत गाँउनुका साथै नचाएका थिए ।