२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/  झापाको दमकमा लायन्स लिडर दिवस राईको आयोजनामा तीज विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । दमकस्थित थकाली किचन एण्ड बारमा आईतवार बेलुका महिला लायन्सकर्मीहरुका लागि तीज विशेष कार्यक्रम लायन्स क्लव ईन्टरनेशनल ३२५ सि का एरिया चिफ राईले आयोजना गरेका थिए ।

सो विशेष कार्यक्रममा म्यूजिकल चियर लगायतका बिभिन्न मनोरञ्जनात्मक खेलहरु समेत खेलाईएको थियो । लायन्सकर्मीेहरुबीच आपसि सदभाव् बढाउदै हार्दिकता बढाउन तीज विशेष कार्यक्रम गरिएको राईले बताए । लायन्स आवद्ध महिला लायन्सकर्मीहरु, लायन्स लिडरहरु बबरजग थापा, कोमल शाक्य, अजय अग्रवाल, ज्ञानु पौड्याल लगायतले शुभकामना दिएका थिए ।