२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक ४ स्थित अर्नाखाडीमा आज विहान आगलागि भएको छ । स्थानीय जित बहादुर धिमालको काठको घरमा आगलागी भएको हो । बिद्युत सटका कारण आज बिहान करिब ११ बजे धिमालको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन दमक नगरपालिकाका २ वटा, कमल गाँउपालिका, मोरंगको उर्लाबारी, पथरी र बेलबारीको दमकल समेत आएको थियो । आसपासमा अन्य घरहरु समेत रहेकाले जोखिमलाई ध्यान दिएर दमक नजिक रहेका सवै पालिकाको दमकलहरु बोलाईएको जनाईएको छ ।