२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक ६ मा रहेको पशुति बहुद्धेशीय सहकारी संस्थाले आफ्नो १९ औ बार्षिक साधरणसभाको अवसरमा आफ्नो प्रतवेदन सार्वजनिक गरेको छ । सार्वजनि गरिएको प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी १ करोड ९० लाख २८ हजार ७ सय ७६ रहेको छ । यो असार मसान्तसम्मको विवरण हो ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ को असार मसान्तसम्ममा २५ करोड ३१ लाख ५७ हजार ३ सय ९३ हजारको कारोबार गरेको छ । संस्थाका कार्यालय प्रमुख मिलन आचार्यका अनुसार संस्थाले अत्याधुनिक अनलाइन बैकिङ सफ्टवेयर प्रयोग गरी सदस्यहरुको जममा तथा फिर्ताको कारोबारमा एसएमएस बैकिङ सेवा उपलब्ध गराउदै आएको छ ।

कर्यक्षेत्र विस्तार र सेवा केन्द्र विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने पनि प्रतिवेदनमा उल्लेख रहेको छ । अध्यक्ष खगेन्द्रबहादुर पाण्डेका अनुसार सहकारीले सदस्यहरुको भावाना अनुसार अघि बढ्दै जाने समयको माग अनुसार सेवाहरु बढाउदै जाने बताएकाछन् । शुक्रबार शनिवार दूई दिन सहकारीको साधरण सभा रहेको छ ।