२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ मुलुककै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले चाडपर्व लक्षित बिभिन्न अफरहरु सार्वजनिक गरेको छ । वर्ल्डलिङ्कका देभरका कार्यालयहरु मार्फत ईन्टरनेट जडान गर्ने र गरिसकेकाहरुका लागि अफरहरु सार्वजनिक गरेको हो ।

वर्ल्डलिङ्क दमकका प्रमुख राजन तिम्सिनाका अनुसार नयाँ जोड्ने र नविकरण गर्ने दुबैका लागि आकर्षक प्याकेजहरु ल्याईएको बताए । सस्तोमा गुणस्तरीय ईन्टरनेटको सुविधा दिने अठोट सहित चाडपर्व लक्षित छुट सुविधाहरु लिएर आएका छौ, तिम्सिनाले भने ।

वर्ल्डलिङ्कले ईन्टरनेट जोडेका ग्राहकहरुको सुविधालाई ध्यान दिएर सस्तोमा गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने जनाउदै कुनै प्राविधिक समस्या पर्दा तत्काल प्राविधिक पुगेर समस्या सामधान गर्ने वातवरण समेत बनाएको तिम्सिनाले जनाए ।

 

नेट टिभीको झनै ठुलो अफर

यसैगरी नेट टिभीका ग्राहकहरुलाई लक्षित गरेर बजारमूल्यभन्दा आधा सस्तोमा ३२ ईन्चको एलइडि टिभि र ४२ ईन्चको स्मार्ट टिभि आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने योजना रहेकाले यस योजना र अवसरमा सहभागि हुनका लागि तिम्सिनाले आग्रह गरेकाछन् । वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले ल्याएको अफरमा एउटा टीभी दिने योजना ल्याएको हो ।