दमकको सुर्यदर्शन सहकारी १३ औ बर्षमा, कारोबार २ अरब नजिक
दमक/ झापा दमकमा रहेको सूर्यदर्शन सहकारी संस्थाले आफ्नो सहकारी मजबुद रहेको र अधिकतम रुपमा सहकारीका सदस्यहरुलाई सेवा दिन सधै तत्पर रहेको बताएको छ । मुलकभर आर्थिक संकट रहदा पनि हामी सहज रुपमा उदेश्यमा पुगेका छौ र सदस्यहरुको विश्वासले गर्दा सफल बनेको पनि सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै जनाएको छ ।
सहकारीका कार्यकारी प्रमुख अरुण भण्डारीले आफुहरुको कार्यक्षेत्र झापाका अधिकाँश पालिका भएपनि मुख्य रुपमा दमकलाई नै ध्यान दिएर अघि बढेको र नयाँ सेवा केन्द्रहरु नखोलेको जनाए । हामी जति सदस्य रहनु भएको छ उनिहरुका लागि भरपर्दो भएर उभिन्छौ, उनले भने ।
सहकारीले प्रविधिमैत्री बन्नका लागि मोवाइल बैकिङ्ग, एटिएम, फोन पे लगायतका सुविधाहरु पनि दिईरहेको सो अवसरमा जानकारी दिईएको छ । हामी प्रविधिमैत्री रुपमा कारोबारलाई अघि बढाईरहेका छौ र यसलाई थप शशक्त बनाउदै लैजान्छौ, सहकारीका कार्यकारी प्रमुख भण्डारीले भने ।
२०७९ असार मसान्तसम्ममा सहकारीको चुक्त शेयर पुजी १६ करोड७१ लाख २७ हजार रुपिया पुगेको सहकारीका अध्यक्ष टिका सापकोटाले बताए । उनका अनुसार यो अघिल्लो आर्थिक बर्षको तुलनामा २९ प्रतिशतभन्दा बढि हो । सहकारीले आर्थिक बर्ष २०७८/०७९ मा १ अरब ९५ करोड २३ लाख ८२ हजार ७ सय २८ रुपिया ४४ पैसा गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
सापकोटाका अनुसार सोमबारदेखि शुरु हुने संस्थाको साधारण सभा ३१ भाद्रमा समापन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै बेलडाँगी र कमल ६ को वडा कार्यालयमा पनि साधारण सभाको संक्षिप्त रुप सञ्चालन हुने जनाइएको छ ।

